रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हेरौं तस्विरहरु

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु भएको छ । आज ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो । 

रथलाई गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइनेछ । 

यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुनेछ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएका थिए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

Photo (10)Photo (12)Photo (14)Photo (18)Photo (17)Photo (21)​​​​​​​

rato machhindra nathPhoto (5)rato machhindra nathPhoto (9)Photo (11)
rato machhindra nath

rato machhindranathrato machhindranath

प्रतिक्रिया