काठमाडौँ। सरकारले आउँदो आर्थिक २०८१।८२ लाई कृषिमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ।
संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन।
राष्ट्रपति पौडलले मंगलबार नीति कार्यक्रम वाचन गर्दै भने, ‘कृषक समूह र सहकारीसँग समन्वयन गरी एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने छ। सम्भाव्य स्थानमा चैते धान उत्पादन गर्न प्रोत्साहन गर्ने छ र बाँझो जमिनमा पशुपालन, फलफूल, वन पैदावार तथा नगदेवाली खेती गर्न सहयोग गरिने छ।’
यस्तै, राष्ट्रपति पौडेलले सरकारले कृषिजन्य उपजको न्युनतम समर्थन मूल्य तोकेर त्यसको लागि बजार व्यवस्थापन गर्ने व्यवस्था मिलाउने समेत उल्लेख गरे। (नेपाल न्यूज बैंक)
प्रतिक्रिया