राती अवेर सुतेँ । विहानिपख सपना देखेछु । म अनामनगरको चिया पसलमा सँधाझैँ मदन कमरेडलाई कुरिरहेको छु । कालो भादगाउले टोपि लगाएर मदन साइकल हुइँक्याउदै आउनु भयो र मेरो अगाडी स्वाट्ट रोकेर स्ट्याण्ड लाउनु भयो । कमरेडको साइकल पुरानो त भएछ तर एकदम चालु हालतमा सफा र टिलिक्क । म उठेर अभिवादन गरेँ दुई हात जोडेर । मैले वहाँसँग कैले पनि हात मिलाइनँ ।
मदन-जिवराज कमरेड सवार मित्स्युविसि पजेरो त्रिशुलीको दासढुंगामा झरेको भन्ने हल्लाले चिया पसल आज भरिभराउ थियो । विभिन्न किसिमको दृष्टिकोण आउदै थियो । त्यो गाडी पनि पुर्वका एक जना साहुले किनिदिएका थिए । मदन कमरेडले मलाई सोध्नु भयो सुनिल के छ हाम्रो देशको अवस्था ? मैले भने सामाजिक, आर्थिक र राजनीतिक अवस्था नाजुक भएका कारणले नेपाल महाशक्तिराष्ट्रको कृडास्थल हुँदैछ भन्नेवित्तिकै वहाँले मलाई रोकेर केही कुरा सुनाउन थाल्नु भयो । मैले पनि जिज्ञासु भएर सुनिरहेँ ।
धर्मनिरपेक्ष सहितको संघिय गणतान्त्रिक संविधान अभ्यासमा आएपछी नेपाल हेर्दा भारतीय निर्देशन बमोजिम चलेको तर व्यवहारमा उत्तरीछिमेकी र पश्चिमा देशहरुको दिशानिर्देश वमोजिम सँचालन भएको भारतले ढिलो गरि वुझेको कारणले उ अहिले आफूलाई असूरक्षित महशुस गरेको बुझ्न सकिन्छ । तर चीनले नेपालमा संविधान आउदै नेपाल तर्फबाट आफूलाई असुरक्षित महशुस गरेर व्यापार, कृषि तथा पर्यटनको काम गर्ने गरी नेपालको चिन विरोधी गतिविधिको सुक्ष्म निरीक्षण तथा व्यवस्थापनमा लागिरहेको छ । तर काम भन्दा हल्ला गर्नेमा विश्वास गर्ने भारत बल्ल नेपालको सिमाबाट हुने अवान्छनित गतिविधिबाट सचेत हुदैछ ।
सोही सचेतनाको पछील्लो कडीको रुपमा सुन तस्करी प्रकरण आउदछ । नेपालमा केही वर्ष देखि ठूलो परिणामको सुन लगायत अवान्छित सामाग्रिहरु भित्रिन्छन् भारत लक्षित भएर । भारतमा नोटबन्दी पछी भ्रष्टाचारीहरुले पैसा भन्दा सुन राख्न थालेका कारण ३० प्रतिशत महङ्गोमा सुन खरिद गरेर राख्ने गरेकाछन् । जसमा थोरै ४/५ प्रतिशत आतङ्ककारीकोमा जाने र बाँकी नाफा भारतीय र विदेशी तस्करहरुले बाँडेर लिन्छन् । कुरो आयो नेपालबाट जाने यहाँकाले नपाउने रु हैन त्यसमा राजश्वजीवीहरुले नेपाल भित्र आइपुग्दा हुने नाफा मात्रै बाँडेर लिने गरेका हुन् ।
नेपाल ट्रान्जिट भएर यस्तो अवान्छित गतिविधि चल्न थालेको पनि लामै समय भयो । आजकाल भारतीय सिमा छेउमा मदरसा तथा चर्चहरु बनाउने दातृ निकाय देखेर म आफै चकित खाएको छु । यहाँ यस्ता अवान्छित गतिविधि रोक्ने कोही भएनन् भाग खोज्ने मात्रै भए । त्यसैगरी चीनीयाहरुको पनि आफ्नै वेदना छ । चीन विरोधी गतिविधि पनि कम छैन । तिव्वत चीनबाट टुक्र्याउनलाई अमेरिकी संसदले नै नेपालमा बसेका तिब्बतीलाई नेपाली नागरिकता दिनु पर्छ भन्ने विधेयक पास गरेको कुरा तपाइलाई त थाहै होला रु महाशक्ति राष्ट्रको भरमग्दुर प्रयास देख्दा युक्रेन पछीको मुकाम नेपाल नै हो जस्तो लाग्दैछ सुनिल भनेर मदन कमरेडले नेपालको संविधान दुवै देशले कैले बुझ्लान् पिठ्युंमा बोकेको सिस्नो भनेर ? पृथ्वीनारायणले त दुई देश विचको तरुल हो भनेका थिए यो त आणविक बम पो निस्कियो ।
म अचम्मित भा थिएँ राजा ज्ञानेन्द्रले पत्रकार सम्मेल गरेर राजमुकुटलाई जनताको नासो जनतालाई सुम्पेर जाँदैछु भनेर हास्दै नारायणहिटीबाट निस्कदा । मैले शब्दकोश पल्टाएर हेर्दा नासो को अर्थ त पछि फर्काउने गरी राख्न दिएको वस्तु पो रहेछ ।
रानी कोमललाई कालो कारमा राखेर सर्वसाधारणलाई हात जोड्दै निस्कदा । म सोच्दै थिएँ मन्त्री पदबाट निवर्तमान् हुँदा मान्छे भक्कानो छोडेर रुन्छन् । आफू वसेको सरकारी निवास तोडफोड गरेर भित्ताभरी हगेको गु दलेर मनपरी लेखेर आक्रोश पोखेर निस्कने नेपालमा राजा मुसुमुसु हाँसेर नेपाल एकिकरण गरेको विरासत अनि आफैले गठन गरेको लाख सेनाका विचबाट निस्केर नागार्जुन तर्फ लागे । अव वुझ्दैछु राजा किन मुस्कुराउदै दरबारबाट नागार्जुन तर्फ गए भनेर । राजाले बुझेका रहेछन् नेपालमा राजसंस्थाको भूमिका दुवै छिमेकीकोलागि कत्तिको महत्व राख्छ भनेर । साम्राज्यवादी र विस्तारवादीको चाकडी गरेर नथाक्ने मेरै पार्टीका कमरेडहरुले बुझ्न ढिलो गरेका हुन् कि ?
सुनिल, नेपालमा अहिले दलका नेताहरुले छल गरेर पाएको सत्ताबाट आपसमा सत्ता तानातानमा नै सिमित छन् । लगभग करोड युवाहरु रोजगारीकोलागि विदेश पलायन छन् तिनिहरुले पठाको धनले नेताहरुले मोज गरेकाछन् । भएको कलकारखाना धमाधम बन्द हुँदैछन् । भएका नर्सिङ कलेज बन्द गरिसकेका छन् । नेपाल भित्र नर्सिङ कलेज बन्द भएपछी छिमेकी भारतले सिमाना मै कलेज खोलेर नेपाली विद्धयार्थीहरुलाई पढाउदैछ । सक्नेहरु तेस्रो देश पनि गएका छन् । सक्ने, हुने र मिल्ने ठाउँमा पार्टीका कार्यकर्ता भर्ति केन्द्र बनाएका छन् । न्यायालयमा पार्टीको सिफारीसमा नियुक्ति हुन्छ देश असफल राष्ट्रको संघारमा पुगेको छ सुनिल भनेर वहाँले खुइया गर्नु भयो । त्यति वेला सम्म हामीले दुई पटक चिया पिइसकेका थियौं ।
मदन कमरेडले हातमा लगाएको पुरानो घडी हेर्दै सुनिल कमरेडहरु डेरामा आउने वेला भयो फेरि वसौंला है भनेर साइकलमा हुकिनु भयो । झल्यास्स व्युझिएँ । झ्यालबाट परेको पानीको आवाज आउदै थियो । चराहरु चिरविराउदै थिए ।
प्रतिक्रिया