केएमसीको स्वास्थ्य टोलीले गर्यो गोदावरीमा ६२१ बिरामीको उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

केएमसीको प्राविधि सहयोगमा गोदावरी नगरपालिका वडा नं ७ देवीचौर तथा ज्येष्ठ नागरिक चौतारीको केन्द्रीय कार्यालयमा बिहीबार देवी माध्यमिक विद्यालय देवीचौरमा स्वास्थ्य शिविर गरिएको हो। 

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार शिविरमा ६२१ बिरामीको निःशुल्क उपचार गरिएको छ।

बिरामीमध्ये १०३ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको थियो। १७ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँहरुमा पुगेर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया