कृषिलाई ५७ अर्ब २९ करोड बजेट

काठमाडौँ। आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ।

त्यस्तै अर्थमन्त्री पुनले टिस्यू कल्चर प्रयोगशाला निर्माण गरि विरुवा उत्पादन गरिने बताए। त्यस्तै उनले फलफूल क्षेत्र विकासका लागि एक अर्ब ४४ करोड विनियोजन गरिएको बताए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया