नयाँ बजेटमा शिक्षामा नयाँ योजना

काठमाडौँ। सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन्। उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरि रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे।

मन्त्री पुनले उच्च शिक्षालाई अनुसन्धानमूलक, प्रवद्र्धनमुखि र व्यवसायीक बनाइने बताए।

त्यस्तै, सरकारले विद्यालय परिचय पत्रलाई घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणालीमा आवद्ध गरी स्थानान्तरण र छात्रवृद्धि वितरणलाई व्यवस्थित गरिने बताए।

त्यसैगरि बालबिकास शिक्षाको गुणस्तर वृद्धि गर्न बालविकासका एक हजार पाँच सय शिक्षकलाई बुट क्याम्पमा सहभागि गराइने अर्थमन्त्रीले उद्घोष गरे।

सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग गर्ने व्यवस्था मिलाइने पुनले बताए। कर्णालीका जुम्ला, हुम्ला र कालिकोटका विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा रकममा वृद्धि गरेको पुनले बताए। दिवा खाजाका लागि सरकारले आठ अर्ब ३९ करोड विनियोजन गरेको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया