शम्भु गौतम/दोलखा
आज धान्यपूर्णिमा, हिन्दू र किराँतहरुको विशेष पर्व । रोल्वालिङ हिमश्रृङ्खलाको ६९४३ मिटर अग्लो टेङ्गी रागी ताउ हिमालमाथि उदाएको पूर्णचन्द्र ।
केही दिनदेखि मौसम खुलेकोले प्रकृतिप्रेमीहरुको आँखा रोल्वालिङ हिमश्रृङ्ला र नेपालको समय मापनको आधार गौरीशङ्कर हिमालमाथि परिरहेकै थियो । आज धान्यपूर्णिमाको पूवार्ध भएकोले मेरो पनि आँखा रोल्वालिङ हिमश्रृङ्खलामा घरिघरि परिरहेको थियो । मनै लोभ्याउने चन्द्रोदयको दृश्यले साँच्चै नै रोमाञ्चित बनायो । यही रोमान्चक क्षणका केही पलहरु तस्वीरमा ।
आजको दिन क्षेत्री तथा ब्राह्मणहरुले कुलपूजा अर्थात देवाली पर्व मनाउँछन् । कालिन्चोक गाउँपालिकाको सुनखानीमा रहेको कालीनाग मनि्दरमा विशेष मेला लाग्दछ । मेलामा श्रद्धालु भक्तजनहरुले आफ्नो मनोकामना पूरा गराउन लाखबत्ती बाल्ने र रातभर जाग्राम बस्ने गर्दछन् ।
यो पूर्णिमा किराँतहरुको मुख्य पर्व हो । उँधौली पर्व । दोलखामा बसोबास गर्ने किराँत समुदायहरुले यो पर्वलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । दोलखाका थामी, जिरेल, सुनुवार, सुरेलहरुको विशेष पर्व भएकोले आआफ्नो रीतिअनुसार पर्व मनाउने गर्दछन् ।
प्रतिक्रिया