जलवायु परिवर्तनको विषयले संसद्मा प्राथमिकता पाउनुपर्छ: सांसद सापकोटा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको विषयमा गम्भीर बसह जरुरी रहेको बताएका छन्।

आइतबार संघीय संसद भवनमा बसेको प्रतिनिधसभामा बोल्दै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको उल्लेख गरे।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर २४९, ५० र ५१ गरी तीनवटा बुँदामा यसबारे व्यवस्था गरिएको बताए। उनले बुँदा नम्बर २५० मा हिमाल जोगाऔैं मानवता बचाऔं भनेर व्यवस्था गरिएको चर्चा गरे।

उनले सरकारले उठाएको विषयमा  गम्भीर छलफल हुनुपर्नेमा जोड दिएका छन्।

भर्खरै सरकारको आयोजनामा यसैसम्बन्धी चन्द्रागिरिमा अन्तर्राष्ट्रिय डायलगको आयोजना गरिएको र त्यसले विश्वभर नै सकारत्मक सन्देश भन्दै उनले थपे, “यो विषयले यहाँ (संसद्मा) पनि प्राथमिकता पाओस्, हामी गम्भीरतापूर्वक बहस गरौँ”, उनले भने, “यसको असर, प्रभाव र न्यूनीकरणको विषयमा सोचिएन भने गम्भीर क्षति बेहोर्नुपर्ने हुनसक्छ।”(नेपाल न्यूज बैंक)

प्रतिक्रिया