‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि अनुबन्धित

काठमाडौँ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ अनुबन्धित भएका छन्। फिल्ममा यसअघि नै प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, अञ्जना बराइली, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन्।

फिल्ममा बाल कलाकारद्वय जान्भी पौडेल र स्वायम केसीको पनि अभिनय रहनेछ। फिल्ममा सरोज पौडेलको लेखन र निर्देशन रहनेछ। फिल्मले गन्धर्व परिवारको कथा बोल्नेछ। फिल्म यसै साता सुटिङका लागि फ्लोरमा जानेछ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ। फिल्म आउँदो वर्ष रिलिज हुनेछ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया