काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बजेट सकारात्मक भएपनि केही कमजोरीहरु देखिएको बताएकी छन्।
प्रतिनिधि सभामा बजेट माथिको छलफलमा उनले आन्तरिक ऋणको आकार जसरी बढाइएको छ योभने चिन्ताको विषय भएको बताइन्।
उनले भनिन्, “बजेट सकारात्मक भएतापनि यसका केही कमजोरीहरु पनि देखिएका छन्। जस्तै आन्तरिक ऋणको आकार जसरी बढाइएको छ यो चिन्ताजनक छ। सरकारले धेरै मात्रामा ऋण लिँदा नीजि क्षेत्रले लगानी गर्न पाउने रकममा संकुचन आउने र यसले मौद्रिक बजारमा तरलता संकट निम्त्याउने टिप्पणी अर्थशास्त्रीले गर्नु भएको छ।”
यस्तै, उनले समग्रमा अघिल्लो वर्षको भन्दा यो वर्षको बजेट राम्रो आएको भन्दै दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर विगतमा भएको गल्ती यस बजेटले सच्चाएको पनि बताइन्।
उनले भनिन्, “मलाई समग्रमा अघिल्लो वर्षको बजेट भन्दा यो वर्षको बजेट राम्रो लाग्छ। दैनिक उपभोग्य तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेर विगतमा भएको गल्ती यस बजेटले सच्चाएको जस्तो, देखिन्छ तर कच्चा कृषि सामग्रीको आयातमा अग्रिम आय कर लगाएको छ जसले गर्दा कृषि उद्योगीहरु भने मारमा परेको छ।” (नेपाल न्यूज बैंक)
प्रतिक्रिया