सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराव राम्रो होइन: सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर प्रश्न उठेको भन्दै त्यसलाई समन्वय गरेर सरकारको दायित्व पूरा गर्न आग्रह गरे।

उनले भने, “हालै संघीय सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने गाइजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ। त्यसैले तत्काल समन्वय होस्। सरकारी पक्षले अहंकार र झगडिया मानसिकता नबनाओस। यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस।”(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया