केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा

काठमाडौँ। केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ।

यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ। कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए। छिटै छलफल सकेर विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेको उनको भनाइ छ।

उनले भने, “हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौँ। जुन जुन मन्त्रालयसँग सम्बन्धित विधेयकसँग छलफल जुट्न सकेको छैन। त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्युहरु र प्रतिनिधिरुलाई बोलाएर छलफल गरिरहेको छौँ। १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले हामी मन्त्रालयसँग बसेर छलफलमा छौँ। छिटै छलफल टुंग्याएर विधेयकलाई हामी टुंगोमा पु¥याउने काममा जुटेका छौँ।” (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया