ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

काठमाडौँ। ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ।

शुक्रबार ललितपुरको लगनखेलस्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुरका मेयर चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए। १.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फुल फुलाउनका निम्ती १.५ मिटर चाहिने हुनाले सोही अनुरुप काम थालेको उनले बताए।

उनले भने, “यो क्षेत्र हामीले राजदल गणसँग फिर्ता लिएका हौँ। यसको क्षेत्रफल लगभग ३० रोपनी छ। अहिले हामीले यहाँ कमलको फुल फुलाउने तयारीमा छौँ। पोखरी १.२ मिटरको गहिराइमा छ। यसको फाइनल गहिराई १.५ मिटर हुनेगरी काम सुरु गरेका छौँ। माटो झिकिरहेको छौँ। १.५ मिटरमा पानी जम्ने गरी बनाउँछौँ। यहाँ कमलको फुल फुल्छ। मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ।” (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया