शिल्पा र राजविरुद्ध धोकाधडीको उजुरी

काठमाडौँ। बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ। एक सर्राफा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन्। उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स(बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ।

अदालतले आरोपीमाथि लागेको आरोप सही भएमा उनीहरुविरुद्ध आइपीसी र महाराष्ट्र जमाकर्ताको हित संरक्षण अधिनियम अनुसार एफआईआर दर्ता गर्न आदेश पनि दिएको छ। यो मुद्दामा मुम्बई सेशन्स कोर्टका न्यायाधीश एनपी मेहताले सर्राफा व्यापारी पृथ्वीराज सरेमल कोठारीको उजुरीमा लगाएको आरोपको अनुसन्धान गर्न बीकेसीलाई निर्देशनसमेत दिएका छन्।

अदालतले यदि आरोपीले कुनै गम्भीर अपराध पनि गरेका छन् भने उनीहरुविरुद्ध भारतीय दण्ड संहिता (आइपीसी) र महाराष्ट्र जमाकर्ताको हितको संरक्षण अधिनियमसँग सम्बन्धित धारा अनुसार एफआईआर दर्ता गर्न भनिएको छ। व्यापारीका अनुसार शिल्पा र राजले सन् २०१४ मा एक स्कीम सुरु गरेका थिए। स्कीममा लगानी गर्ने माथि दर अनुसार सुन दिने र उसलाई मेच्योरिटी डेटको मात्रा तयमा गोल्ड उपलब्ध गराइने भनिएको थियो।

शिल्पा र राजले सर्राफा व्यापारी कोठारीलाई सुन उपलब्ध गराउने भरोसा दिलाएका थिए। दुवैमाथि भरोसा गरेर कोठारीले स्कीममा ९० लाख लगानी गरेका थिए। जस पश्चात ५ वर्ष पुरा भएपछि व्यापारीलाई ५ हजार ग्राम २४ क्यारेट सुन दिने प्रतिबद्धता शिल्पा र राजले जनाएका थिए। तर, त्यसो हुन सकेन। व्यापारी कोठारीलाई बजारमा सुनको मूल्य जति नै भए पनि उनलाई सुन दिने भनिएको थियो। तर पाँच वर्ष पुग्दा शिल्पा र राजले आफ्नो प्रतिबद्धता पुरा गरेनन्। त्यसपछि कोठारी उजुरी दिन बाध्य भए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया