शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ। साताको पहिलो दिन शेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो। १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो।

आइतबार होटल तथा पर्यटनबाहेक सबै उपसमूह घटेका छन्। लघुवित्त १.७१ र विकास बैंक उपसमूह १.२० प्रतिशतले घटेको छ।

६४ कम्पनीको शेयरमूल्य बढ्दा नेपाल फाइनान्सको सेयरमूल्य बढेर पोजिटभ सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ। सर्वाधिक कारोबार हुनेमा पनि नेपाल फाइनान्स पहिलो नम्बरमा छ। उक्त कम्पनीको शेयर ३० करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड १९ लाख, ज्ञादी ग्रुपको १५ करोड २५ लाख, सीइडीबी हाइड्रोपावरको १३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

१७७ कम्पनीको शेयरमूल्य घट्दा भगवती हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे। उक्त जलविद्युत कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी लगायत घटेका छन्। ६ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया