केएमसीको स्वास्थ्य टोलीले गर्यो रामेछापमा ११५५ बिरामीको उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले रामेछापमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार गोकुलगंगा गाउँपालिकाको स्वास्थ्य शाखा रस्नालुको आयोजनामा गोकुलगंगा अस्पतालमा भएको स्वास्थ्य शिविरमा ११५५ बिरामीको निःशुल्क उपचार गरिएको हो।

बिरामीमध्ये १४५ जनाको भिडियो एक्सरे, १०७ जनाको ल्याब परीक्षण r ८९ जनाको ईसीजी गरिएको थियो भने ३१ जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया