मुटुरोगका कारण वर्षेनी १ करोड भन्दा बढी मानिसको मृत्यु

काठमाडौँ। मुटु हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। यसले ब्रेक नलिई लगातार पिटाइरहन्छ अर्थात् यसले रगत पम्प गरि शरीरका सबै भागमा रगत आपूर्ति गर्छ।

यो रगतले अक्सिजन बोकेर शरीरका सबै अंगलाई आवश्यकता अनुसार अक्सिजन पुर्‍याउँछ। मुटुको धड्कन बन्द भयो भने शरीरका अंगहरूले अक्सिजन पाउन छाड्छ। यस्तो अवस्थामा सबै अंगहरू मर्नेछन् र मृत्यु हुनेछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष विश्वभर करिब १ करोड ८० लाख मानिसले मुटु रोगका कारण ज्यान गुमाउने गरेका छन्। धेरै हृदय रोगले हामीलाई समस्यामा पार्न सक्छ। यसले पछि हृदयघात वा स्ट्रोक निम्त्याउँछ।

मुटुको मांसपेशी, जसलाई कार्डियोमायोसाइट्स पनि भनिन्छ, हृदयघात हुँदा वा बाइपास सर्जरी पछि क्षतिग्रस्त हुन्छ। अहिले प्रत्यारोपण बाहेक यसको उपचार छैन।

भर्खरै, युरोपेली हार्ट जर्नलमा प्रकाशित अस्ट्रियाका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनले मुटुका मांसपेशीहरूलाई हल्का शॉकवेभको मद्दतले पुन: निर्माण गर्न सकिने दाबी गरेको छ।

प्रतिक्रिया