काठमाडौँ। ग्याङगी प्रान्तको ह्वासेओङमा रहेको लिथियम ब्याट्री उत्पादन कारखानामा सोमबार भएको विनाशकारी आगलागीमा परी कम्तीमा २२ जनाको मृत्यु भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्।
अग्निनियन्त्रकहरूका अनुसार एरिसेल लिथियम ब्याट्री उत्पादन कारखानामा आगलागी हुँदा कम्तिमा २२ कामदारको मृत्यु भएको पुष्टि भएको छ, जसमा दुई गम्भीर घाइते भएका छन् र अन्य छ जना सामान्य घाइते भएका छन्।
मृत्यु हुने २२ जनामध्ये १८ चिनियाँ नागरिक, एक लाओटियन, दुई कोरियाली र एक जनाको राष्ट्रियता भने पुष्टि भएको छैन।
शवमा गम्भीर क्षति भएकाले मृतकको सनाखत हुन समय लाग्ने अधिकारीहरुले बताएका छन्। मृतकको पहिचानका लागि डिएनए परीक्षण गरिने छ।
परराष्ट्र मन्त्रालयले शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पीडित देशहरूमा रहेका कोरियाली कूटनीतिक नियोगहरूसँग नजिकबाट सहकार्य गर्ने बताएको छ।
सबै २२ शव प्लान्टको दोस्रो तल्लामा भेटिएका थिए, जहाँ आगो सुरु भएको थियो।
प्रतिक्रिया