केएमसीको स्वास्थ्य टोलीले भक्तपुरमा गर्यो पाँच सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरमा ५०० बिरामीको नि:शुल्क उपचार गरेको छ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार हिमाल एकेडेमीको आयोजनामा स्कूलको प्राङ्गण गुन्डूमा भएको स्वास्थ्य शिविरमा ५०१ बिरामीको निःशुल्क उपचार गरिएको हो। 

बिरामीमध्ये ९७ जनाको भिडियो एक्सरे, ५९ जनाको ल्याब परीक्षण र ३७ जनाको ईसीजी गरिएको थियो भने ५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थप गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया