विकिलिक्सका संस्थापक जुलियन असान्ज जेलबाट रिहा

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज जेलबाट रिहा भएका छन् । अति गोप्य कागजात र सूचना चुहाएको अभियोगमा उनलाई सन् २०१९ देखि जेलमा बन्दी बनाईएको थियो । उनी बेलायतको बेलमार्श जेलबाट रिहा भै विमानबाट लण्डन गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

‘असान्जले १९ सय एकदिन जेलमा बिताएपछि  हिजो जुन २४ को बिहान बेलमार्शको जेलबाट कडा सुरक्षाबीच लण्डनतिर उडेको जनाईएको छ । उनलाई लन्डनको उच्च अदालतले जमानत दिएको थियो । दिउँसो स्टान्स्टेड एयरपोर्टमा रिहा गरिएको थियो ।  

विकिलिक्सले असान्ज र अमेरिकी अभियोजकहरू बीचको प्ली बार्गेनको बारेमा अमेरिकी अदालतबाट समाचारको पुष्टि गरेको छ ।  

 

प्रतिक्रिया