सीबीआईले गर्यो अरविन्द केजरीवाल पक्राउ

काठमाडौँ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले पक्राउ गरेको छ। मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा छानबिन समितिले उनलाई पक्राउ गरेको हो।

यसअघि, ईडीले उनलाई मदिरा नीतिमा मनी लान्ड्रिङको आरोपमा मार्च २१ मा पक्राउ गरेको थियो। उनी पछिल्लो ८७ दिनदेखि तिहारमा बन्द छन्। तर, उनी मे १० देखि जुन २ सम्म २१ दिनको लागि प्यारोलमा थिए।

सीबीआईले केजरीवाललाई बुधबार बिहान राउज एभिन्यू कोर्ट (ट्रायल कोर्ट) मा पेश गरेको थियो, जहाँ एजेन्सीले उनलाई पक्राउ गरेको थियो। सीबीआईले जुन २५ मा राति ९ बजे तिहार गएको थियो र केजरीवालसँग मदिरा नीतिमा भएको भ्रष्टाचारबारे सोधपुछ गरेको थियो।

यसैबीच केजरीवालको जमानतसम्बन्धी सुनुवाइ पनि आज सर्वोच्च अदालतमा हुँदैछ। तल्लो अदालतले उनलाई मनी लान्ड्रिङ मुद्दामा जुन २० मा जमानत दिएको थियो। यसविरुद्ध ईडी उच्च अदालत पुग्यो। जुन २५ मा उच्च अदालतले तल्लो अदालतको फैसलालाई उल्टाएको थियो। यसविरुद्ध केजरीवालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

प्रतिक्रिया