दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा

काठमाडौँ। अफगानिस्तानलाई सेमिफाइनलमा पराजित गर्दै इंग्ल्याण्ड २०२४ को टी–२० विश्वकपमा पुग्ने पहिलो टोली बनेको छ।

यो जितसँगै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्दै टोलीमा लागेको चोकरको दाग मेटाएको छ। दक्षिण अफ्रिकी टोली ५ पटक एकदिवसीय विश्वकप र २ पटक टी–२० विश्वकपको सेमिफाइनलबाट बाहिरिएको छ।

अब फाइनल पुग्ने दोस्रो टोलीको निर्णय बेलुका ८ बजे हुनेछ। जब गुयानाको प्रोभिडेन्स स्टेडियममा भारत र इंग्ल्याण्डको टोली आमनेसामने हुनेछन्। वर्षाको सम्भावना ४० प्रतिशतमा झरेकाले खेल हुने सम्भावना पनि बढेको छ।

त्रिनिडाडको ब्रायन लारा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ५६ रनमा अलआउट भयो। उक्त लक्ष्य दक्षिण अफ्रिकाले १ विकेट गुमाएर पुरा गरेको थियो। रिजा हेन्ड्रिक्सले २९ रन बनाए। ३ ओभरमा ३ विकेट लिने मार्को जान्सन खेलको म्यान अफ द म्याच बने।

प्रतिक्रिया