काठमाडौँ। दिल्ली-एनसीआरमा वर्षाका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआई) को टर्मिनल-१ को पार्किङको छत शुक्रबार बिहान ५ बजे खसेको छ। दुर्घटनामा ट्याक्सी चालकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। घाइतेहरुलाई मेदान्त अस्पतालमा भर्ना गरिएको छ। विमानस्थलमा दमकलका तीनवटा गाडी उद्धारमा खटिएका छन्।
दिल्ली फायर सर्भिस (DFS) का अधिकारीहरूले बिहान टर्मिनल-१ मा आन्तरिक उडानका लागि पार्किङ क्षेत्रमा गाडीहरूको लामो लाइन रहेको बताए। सो क्रममा पार्किङस्थलको छाना खसेको थियो। छानाको भारी भाग र तीनवटा फलामका सपोर्ट बीम पनि सवारीसाधनमा खसेका छन्। दुर्घटनापछि अस्तव्यस्त भएको थियो।
नागरिक उड्डयन मन्त्री के. राम मोहन नायडूले घटनाको बारेमा सामाजिक सञ्जाल एक्समा लेखेका छन्- म व्यक्तिगत रूपमा स्थितिको निगरानी गरिरहेको छु। सबै एयरलाइन्सहरूलाई टर्मिनल १ मा प्रभावित यात्रुहरूलाई सहयोग गर्न सल्लाह दिइएको छ। उद्धार टोली घटनास्थलमा काम गरिरहेका छन्। उद्धार कार्य अझै जारी छ।
प्रतिक्रिया