इराकको अल नूरी मस्जिदमा ५ वटा बम फेला

काठमाडौँ। इराकको उत्तरी सहर मोसुलको अल–नौरी मस्जिदबाट पाँचवटा ठूला बम फेला परेको छ।

आतंकवादी संगठन ISIL (ISIS को शाखा) ले यी बमहरू पर्खालमा गाडेको थियो। अल जजिराका अनुसार यी बमको तौल १.५ किलोग्राम रहेको छ। तीमध्ये एउटा पर्खालबाट हटाइएको छ भने बाँकी बम हटाउने प्रयास भइरहेको छ।

सन् २०१७ मा भत्किएको मस्जिदको पुनर्निर्माणमा संलग्न युनेस्कोले बमहरू पछि बनेको पर्खालमा राखिएको बताएको छ। यो जानकारी प्राप्त हुने बित्तिकै इराकी अधिकारीहरूलाई जानकारी गराइएको थियो। त्यसपछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। बम नहटाएसम्म सबै मानिसहरूलाई मस्जिद परिसरबाट बाहिर निकालिएको छ।

प्रतिक्रिया