केएमसीको स्वास्थ्य टोलीले कपनमा गर्यो ६१३ बिरामीको उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कपनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार नेपाली कांग्रेस बुढानीलकण्ठ कार्यसमितिको संयोजनमा पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा यज्ञमती माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा ६१३ बिरामीको निःशुल्क उपचार गरिएको हो। 

बिरामीमध्ये १०४ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको थियो भने २५ जनाको दात खोलिएको र २७ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ। 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया