कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक सोमबार बस्ने भएको छ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफलका लागि आज दिउँसो ३ बजे पदाधिकारी एवम् पूर्व पदाधिकारी बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिए।

बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत प्रचार विभागका प्रमुख विश्वकर्माले बताए। रासस

प्रतिक्रिया