दुग्ध बिकास संस्थानमा उपप्रधानमन्त्रीका भतिजा नियुक्त हुँदै

काठमाडौँ। दुग्ध विकास संस्थानको कार्यकारी अध्यक्षमा शितलकाजी श्रेष्ठ नियुक्त हुने सम्भावना रहेको थाहा भएको छ । श्रेष्ठको नाममा सत्ता गठबन्धनबीच सहमतिबनेपछि मन्त्रीपरिषदले औपचारिक निर्णय गर्नमात्रबाँकी रहेको बुझिएको छ ।

यसअघिका कार्यकारी अध्यक्ष सञ्जीवझामाथि संस्थानलाई अस्तव्यस्त बनाएको आरोप लागेको थियो । उनले संस्थानकाउत्पादनहरुको गुणस्तरमाह्रास आउँदापनि वेवास्ता गरेर उपभोक्तामाझ अन्योल सिर्जना गरेको भनेर आलोचना भएको थियो । तर झा फेरि पनिशक्ति केन्द्र रिझाएर सोही पदमा निरन्तरता दिन कम्मर कसेर लागिपरेका थिए ।

सरकारले नियुक्तगर्ने तयारी गरिएका श्रेष्ठ यसअघि पनि संस्थानकै सञ्चालक समितिका सदस्य थिए । उनी दुग्धबिकास बोर्डमा पनि रहीसकेका व्यक्ति हुन् । यति मात्र होइन उनी उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठका भतिजा हुन् । उपप्रधानमन्त्री श्रेष्ठले भतिजालाई संस्थानको कार्यकारी अध्यक्ष बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिफारिस गरेका थिए । 

प्रधानमन्त्रीको समर्थन रहेको संकेत पाएपछि शितलकाजीले आफू संस्थानको नेतृत्वमा आउनलागेको भनेर सन्देश पठाउन थालेको जानकार स्रोतले बताएको छ ।

प्रतिक्रिया