लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथ र वान पर्पोजले श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम

काठमाडौं – लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथले वान पर्पोजका साथ सीतापाइलाको हरिसिद्धीस्थित श्री जनउद्धार माध्यमिक विद्यालयमा दिगो सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसको उद्देश्य युवा विद्यार्थीहरूलाई दिगो अभ्यासहरूको महत्त्व, विशेष गरी फोहोर व्यवस्थापनमा शिक्षित गराउने थियो।

कार्यक्रमले कक्षा ४ देखि कक्षा १० सम्मका ३९० विद्यार्थीहरूलाई फोहोर घटाउने, पुन: प्रयोग गर्ने र उचित व्यवस्थापन गर्ने सिद्धान्तहरूमा केन्द्रित अन्तरक्रियात्मक सिकाइहरूमा संलग्न गराएको थियो। यी गतिविधिहरू मार्फत, विद्यार्थीहरूले आफ्नो दैनिक जीवनमा दिगो फोहोर व्यवस्थापन अभ्यासहरूको महत्त्व बुझ्न सक्षम भए।

कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये दिगोपन विषयमा क्विज थियो, जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखियो। सही जवाफ दिनेहरूले उपहारहरू प्राप्त गरे, जसबाट उनीहरूको भर्खरै प्राप्त गरेको ज्ञानलाई रमाइलो र आकर्षक तरिकामा सुदृढ गर्यो।

थप रूपमा, यी दिगो अभ्यासहरूको कार्यान्वयनलाई समर्थन गर्न, विद्यालयलाई आवश्यक सरसफाइ गर्नो सामग्रीहरू प्रदान गरिएको थियो। यसले यो सुनिश्चित गर्दछ कि कार्यक्रममा सिकेका पाठहरू व्यवहारमा लगाइनेछ तथा सफा र सचेत विद्यालय वातावरणलाई बढावा दिईनेछ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेड युथका प्रतिनिधि तथा वान पर्पोज की अध्यक्ष अनु महर्जनले भनिन्, "हाम्रो भविष्यका लागि युवा पुस्तालाई दिगोपनबारे शिक्षित गराउनु महत्त्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ। यो कार्यक्रम वातावरणीय रूपमा जिम्मेवार नागरिकहरू सिर्जना गर्ने दिशामा एक कदम हो।"

विद्यार्थीहरूलाई ज्ञान र स्रोतहरूद्वारा सशक्तिकरण गरेर, कार्यक्रमले युवाहरूमा दीर्घकालीन वातावरणीय मूल्यहरू स्थापित गर्ने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया