सुनक कि स्टारर, आज ५ करोड मतदाताले कसलाई रोज्ने ?

काठमाडौँ। बेलायतमा आज आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री पदका लागि कन्जरभेटिभ पार्टीका तर्फबाट भारतीय मूलका ऋषि सुनक र लेबर पार्टीका केयर स्टारमर आमनेसामने छन् । आज ५ करोड मतदाताले आगामी ५ वर्षको लागि बेलायतको भविष्य तय गर्न सांसदहरू चयन गर्नेछन् । प्रधानमन्त्री सुनकले वैशाख २२ गते निर्वाचन घोषणा गरेका थिए । तोकिएको समयभन्दा ६ महिना अगावै निर्वाचन हुन लागेको हो ।

बेलायतमा भोटिङ बिहीबार बिहान ७ बजे (भारतीय समय अनुसार बिहान ११:३०) सुरु हुनेछ र दिउँसो १० बजे (भारतीय समय अनुसार २ः३० बजे) समाप्त हुनेछ। बेलायतमा मतपत्रबाट मतदान हुन्छ । बेलायतका नागरिक मात्र नभई बेलायतमा बसोबास गर्ने भारतीय, पाकिस्तानी, अष्ट्रेलियालीजस्ता कमनवेल्थ देशका नागरिकले पनि बेलायती चुनावमा मतदान गर्न सक्नेछन् ।

प्रतिक्रिया