पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घातक हमला भएको छ। पेन्सिलभेनियाको बटलरमा एक र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो। मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो। ट्रम्पले दाहिने कानमा हात राखेर निहुरे। गोप्य सेवा एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे।

एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो। यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए। यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट लगे। घटना नेपाली  समय अनुसार आइतबार बिहान ४ बजेको हो। त्यस बेला अमेरिकामा शनिबार साँझ ६:३० बजेको थियो।

गोप्य सेवाले आक्रमणकारी मारिएको जनाएको छ। यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो चुनावी यात्रा बिचमा छाडेर आज वासिङ्टन डिसी फर्कदैछन्। उनले ह्वाइट हाउसमा होमल्याण्ड सेक्युरिटी र कानून प्रवर्तन एजेन्सीको आपतकालीन बैठक बोलाएका छन्।

प्रतिक्रिया