अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक जित्यो कोपा अमेरिका कपको उपाधि

काठमाडौँ। अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिका फुटबल कपको उपाधि जितेको छ। कोपा अमेरिकाको फाइनल कोलम्बिया र अर्जेन्टिनाबीच मियामीको हार्ड रक स्टेडियममा भएको थियो। जसमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले हराएको हो।

निर्धारित समयमा ०–० गोलको बराबरी रह्यो। त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो। पहिलो हाफमा पनि दुबै टोलीले गोल गर्न सकेनन्। तर ११२औँ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे। यो अग्रता अन्तिमसम्म कायम रह्यो र मेस्सीको टोली १–० ले जितेर च्याम्पियन बन्यो।

अर्जेन्टिनाको यो लगातार दोस्रो जित हो। यसअघि सन् २०२१ मा उपाधि खेलेको टोलीले २३ वर्षअघि सन् २००१ मा ब्राजिललाई फाइनलमा हराएर आयोजक राष्ट्रमा च्याम्पियन बनेको थियो।

हाफ टाइमसम्म दुवै टोलीबाट गोल हुन सकेन

हाफसम्म ०–० गोलको बराबरी रह्यो। अर्जेन्टिना र कोलम्बिया दुवैले अवसर पाए पनि अग्रता लिन सकेनन्।

खेलको ३६औँ मिनेटमा अर्जेन्टिनाका लियोनल मेस्सी घाइते भए र खेल २ मिनेट रोकिएको थियो। यसअघि २७औँ मिनेटमा कोलम्बियाका जोन कर्डोबियाले पहेँलो कार्ड खाएका थिए।

भीड धेरै भएकाले फाइनल ढिलो सुरु 

मियामीमा भएको कोपा अमेरिकाको फाइनल हेर्न स्टेडियमबाहिर ठूलो भीड जम्मा भएको थियो। कोलम्बिया र अर्जेन्टिनाबीचको फाइनल खेल हेर्न टिकट नलिनेहरु समेत पुगेपछि रंगशाला बाहिर अस्तव्यस्त अवस्था भएको थियो। भीडका कारण खेल करिब १ घण्टा ढिलो सुरु भएको थियो ।

प्रतिक्रिया