स्पेनले चौथो पटक जित्यो युरो कप

काठमाडौँ। स्पेनले कीर्तिमानी चौथो पटक युरो कप फुटबलको उपाधि जितेको छ। आइतबार राति बर्लिनको ओलम्पिया रंगशालामा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ गोल ​​अन्तरले पराजित गरेको हो। योसँगै स्पेन सबैभन्दा बढी चार पटक युरो कपको उपाधि जित्ने टोली बनेको छ।

खेलको ९० मिनेटमा स्पेनका लागि निको विलियम्स (४७औँ मिनेट) र वैकल्पिक खेलाडी मिकेल ओयार्जबाल (८६औँ मिनेट)ले गोल गरे। त्यस्तै इंग्ल्याण्डका लागि एक मात्र गोल कोल पाल्मर (७३औँ मिनेट)ले गरेका थिए।

युरो कपको फाइनलमा इंग्ल्याण्डको यो लगातार दोस्रो हार हो। यसअघि सन् २०२० मा आफैँले आयोजना गरेको युरो कपको फाइनलमा इटालीसँग पराजित भएको थियो।

प्रतिक्रिया