काठमाडौँ। ओमाननजिकैको समुन्द्रमा एउटा तेल ट्याङ्कर पल्टिएको छ। जहाजमा १३ भारतीय र ३ श्रीलंकालीसहित १६ जना चालक दलका सदस्य थिए। ती सबै बेपत्ता छन्। घटना सोमबार को हो। अहिले जहाजमा १३ भारतीय रहेको खुलासा भएको छ। ओमानको सामुद्रिक सुरक्षा केन्द्रले मंगलबार यो जानकारी दिएको हो।
सामुद्रिक सुरक्षा केन्द्रका अनुसार प्रेस्टिज फाल्कन नामको तेल ट्याङ्कर दुबईको हमरिया बन्दरगाहबाट आएको थियो। यसमा कोमोरोसको झण्डा राखिएको थियो। यो यमनको अडेन बन्दरगाह जाँदै थियो। तेल ट्याङ्कर रास मद्राकाबाट करिब ४६ किलोमिटर दक्षिण पूर्वमा बन्दरगाह सहर दुक्म नजिकै पल्टिएको हो। चालक दलका सदस्यहरुको दुई दिनदेखि खोजी तथा उद्धार कार्य भइरहेको छ।
समुन्द्रमा उल्टो पल्टिएको तेल ट्याङ्कर
समाचार एजेन्सी रोयटर्सका अनुसार जहाज अझै पनि समुद्रमा उल्टो डुबेको छ। त्यसबाट तेल लिक भएको हो वा होइन भन्ने जानकारी भने आउन सकेको छैन। मिडिया रिपोर्टका अनुसार डुबेको ट्याङ्करको स्थान चार दिनअघि अपडेट गरिएको थियो।
यो लगभग ११७ मिटर लामो तेल ट्याङ्कर हो। २००७ मा निर्मित भएको हो। सामान्यतया यस्ता साना ट्याङ्कर छोटो यात्राका लागि प्रयोग गरिन्छ। ओमानको दक्षिण-पश्चिम तटमा अवस्थित डुक्म पोर्ट देशको तेल र ग्यास खानी परियोजनाहरूको लागि प्रमुख केन्द्र हो। यहाँ रहेको तेल रिफाइनरी Duqm को ठूलो औद्योगिक क्षेत्रको हिस्सा हो, जुन ओमानको सबैभन्दा ठूलो र एकमात्र आर्थिक परियोजना हो।
प्रतिक्रिया