महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा १७५ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाल महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।

वरिष्ठ अधिवक्ता बडाल काठमाडौं महानगरपालिका ७ चाबहिल निवासी हुन्।

प्रतिक्रिया