नेपालको सन्दर्भमा कोशी एउटा यस्तै महत्वपूर्ण सभ्यताको रुपमा रहेको पाइन्छ । हिमालयबाट उत्पत्ति भई तराई हुँदै भारतमा पुगेर गंगामा समाहित हुने कोशी नदी नेपालको सबैभन्दा ठूला र महत्वपूर्ण नदीहरूमध्ये एक हो । यो नदी केवल प्राकृतिक सौन्दर्यको प्रतीक मात्रै नभएर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ ।

नेपालका सात प्रदेशहरूमध्ये एक, कोशी प्रदेशको नामाकरण पनि यहि नदीको नामबाट गरिएको छ । त्यसैले पनि प्राकृतिक स्रोत र सामाजिक तथा सांस्कृति विविधताका हिसावले कोशी निकै सम्पन्न छ । त्यसैले कोशी सदिऔ देखि नेपालको पूर्वी भागको जीवन र संस्कृतिहरुको एउटा विशाल मानकका रुपमा रहेको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, र आर्थिक समृद्धिको संवाहक बनेको कोशी, सदिऔ देखि यहाँकोफरक भूगोल र समुदायकोसाझा चिनारी बोकेर बगिरहेकोछ ।

कोशीको यो सौन्दर्य र महत्वलाई जोगाइराख्नु अहिले हामी सबैकालागि एउटा ठूलो जिम्बेवारी बनेको छ । कोशी जीवन हो, हाम्रो धर्म, संस्कृती र सामाजिक पाटोको एउटा महत्वपूर्ण हिस्सा हो । त्यसैले यसको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो ।

प्रतिक्रिया