होटल द्वारिकाजकी सञ्चालक अम्बिकाको निधन

काठमाडौं । काठमाडौं बत्तिसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ९१ वर्षकी अम्बिकाको उपचारको क्रममा आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

अम्बिका निमोनिया संक्रमणबाट ग्रस्त भएपछि २ महिनादेखि उपचारमा थिइन् । उनको भोलि शुक्रबार मात्र पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय अम्बिकाले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाज होटल एण्ड रिसोर्टको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । यसअघि उनी क्यान्सरबाट पनि प्रभावित थिईन् तर चार वर्षअघि निको भएकी थिइन् ।

होटल द्वारिका उनका पति द्वारिका श्रेष्ठले स्थापना गरेका थिए ।

प्रतिक्रिया