अमेरिकी राष्ट्रपतिलाई तेस्रोपटक कोभिड संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन तेस्रोपटक कोभिड संक्रमणबाट प्रभावित भएका छन् । 

दोस्रो कार्यकालका लागि निर्वाचन प्रचारमा व्यस्त रहनुपर्ने उम्मेदवार बाइडेन कोभिड संक्रमण देखिएपछि घरमै आईसोलेसनमा बसेका छन् ।

बाइडेनका डाक्टरले कोभिडका लक्षणहरू सामान्य रहेपनि उनको नाकबाट बारम्बार पानी बग्ने, खोकी र सामान्यतया अस्वस्थ महसुस हुने लक्षण देखिएको बताएका छन् । बाइडेनको शरीरको तापक्रम, अक्सिजनको मात्रा र श्वासप्रश्वासको गति सामान्य रहेको पनि चिकित्सकले जनाएका छन् ।

बाइडेनलाई पहिले दुई पटक कोभिडले समातेको थियो । उनले कोभिड भ्याक्सिन र बुस्टर शटहरू लिईसकेका छन् । एन्टिभाइरल औषधि प्याक्सलोभिडको पहिलो खुराक पनि लिएका छन्।

प्रतिक्रिया