प्रविधिमा गडबड, संसारभरी हलचल

माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि संसारभरीका हवाई उडान प्रभावित

काठमाडौं । माइक्रोसफ्टको सर्भरमा खराबी उत्पन्न भएपछि विश्वभरका उडानहरू प्रभावित भएका छन् । केही उडानहरू रद्द, केही ढिलाइ; बुकिङ र चेक इन समेत अवरुध्द भएका छन् ।

माइक्रोसफ्टको प्राविधिक समस्याका कारण उडानदेखि बैंकिङ र न्यूज च्यानलको सञ्चालन प्रभावित भएको छ । आज शुक्रबार (जुलाई १९) देखि भएको यही समस्याका कारण विश्वभरका कतिपय उडान रद्द गर्नु परेको छ भने कतिपय उडान ढिला भएको छ ।

भारतमा चार एयरलाइन्स– इन्डिगो, स्पाइसजेट, आकासा एयर र एयर इन्डिया एक्सप्रेसले प्राविधिक समस्याका कारण उनीहरूको बुकिंग, चेक–इन र उडान अपडेट सेवाहरू प्रभावित भएको जानकारी दिएका छन् । विमानस्थलमा सेवा नहुँदा सर्वसाधारणलाई समस्या परेको छ ।

माइक्रोसफ्टको Azure Snfp8Microsoft 365  सेवाहरूमा समस्याहरू छन् । माइक्रोसफ्टले भनेको छ, ‘हामी यो समस्या बारे सचेत छौं र यसलाई समाधान गर्न धेरै टोलीहरू संलग्न गरेका छौं । हामीले कारण निर्धारण गरेका छौं ।’

स्काई न्यूजले बेलायतमा प्रसारण बन्द गरेको छ । माइक्रोसफ्टको प्राविधिक समस्याका कारण स्काई न्यूज च्यानलले बेलायतमा प्रसारण बन्द गरेको छ । आज बिहानैदेखि च्यानलले प्रत्यक्ष प्रसारण गर्न नसकेको कम्पनीका कार्यकारी अध्यक्ष बताउँछन् ।

अष्ट्रेलियाको टेलिकम कम्पनी टेलस्ट्रा ग्रुप प्रभावित भएको छ ।

अष्ट्रेलियाको टेलिकम कम्पनी टेलस्ट्रा ग्रुपले पनि अवरोधको सामना गरिरहेको जनाएको छ । माइक्रोसफ्टको प्राविधिक समस्याले आफ्ना केही प्रणाली प्रभावित भएको कम्पनीले जनाएको छ । यो समस्याले आफ्ना केही ग्राहकहरूको लागि केही अवरोध उत्पन्न गरिरहेको कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया