बंगलादेशबाट ज्यान जोगाएर मेघालय पुगेका छन् १५८ नेपाली

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी हिंसात्मक प्रदर्शनबाट जोगिन नेपाली सहित भूटानी र भारतीय विद्यार्थीहरु भारतको मेघालय पुगेका छन् । 

ज्यान जोगाएर मेघालय पुगेका नेपाली, भूटानी र भारतीयको संख्या ३६० रहेको पिटीआइले जनाएको छ । उनीहरु हिंसा प्रभावित बंगलादेशबाट लुकेर मेघालय पुगेका हुन् । उनीहरुले त्यहाँ शरण लिएका छन् भने यसरी त्यहाँ भेला हुनेको संख्या अहिलेसम्म ६७० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

गृह विभागका एक वरिष्ठ अधिकारीले शुक्रबार ३६३ जना डवकी एकीकृत जाँच चौकी हुँदै मेघालय पुगेको जानकारी दिएका छन् । जसमध्ये १५८ नेपाली, एकजना भुटान र २०४ भारतीय छन् ।
 
 

प्रतिक्रिया