सत्तारुढ दलका महामन्त्रीको प्रतिपक्षी स्वर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यत्तिकै नछाड्ने चेतावनी दिएका छन् । 

आज यहाँ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले एमालेसँग सत्ता सहकार्य गरे पनि विगतमा प्रधानमन्त्री ओली विरुद्ध आफूहरुले उठाएको मुद्दामा मौन नबस्ने बताएका छन् ।

शर्माका अनुसार, उनी प्रधानमन्त्री ओलीको बिषयमा आफूले उठाएका मुद्दामा कुनै सम्झौता गर्ने छैनन् ।

शर्माले भने, ‘तर ओली नेतृत्वको सरकारलाई सफल बनाउन हामी कांग्रेस साथ दिन्छौं । हामीले उभिएर विश्वासको मत दिएका छौं त्यसकारण तपाईंको बारेमा हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन । सरकारले गर्ने कमजोरीमा मौन बस्छौं त्यो पनि होइन ।’ नेपाललाई नवीन सम्भावनातिर लैजान दुई ठूला दल मिलेर सरकार बनाएको शर्माको भनाई छ ।

महामन्त्री शर्माले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षी स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता छ । मैले यहाँ भन्नुपर्छ, माओवादी खरो ढंगले नै प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ । रास्वपाले पनि बन्नुपर्छ ।
 

प्रतिक्रिया