लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार

तुलसीपुर (दाङ)। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८ : ३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ। 

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुने भएको हो। कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो। प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संसदमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्। रासस 

प्रतिक्रिया