सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौँ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। 

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो। ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ। पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ। 

उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन।

प्रतिक्रिया