सौर्य एयरको विमान काठमाडौंमा दुर्घटना, उध्दारकार्य जारी, क्षतिको विवरण आउन बाँकी (फलोअप)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज केहीबेर अघि दुर्घटना भएको छ ।

धावनमार्ग छाड्नासाथ  जहाजले भुईंमा बजारिएको विमानस्थल कार्यालयले जनाएको छ । जहाज पोखरा जानका लागि उडेको थियो ।

जहाजले कति यात्रु लिएर उड्दै थियो भन्ने विवरण खुलिसकेको छैन । दुर्घटनाग्रस्त जहाजको अहिले सेना र अन्य सन्यन्त्रबाट उद्दार भैरहेको छ । (फायल फोटो)

प्रतिक्रिया