सौर्य एयरलाइन्सको जहाज दुर्घटना : गृहमन्त्री विमानस्थलमा

काठमाडौँ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन्। काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो। 

विमान करिब ११ बजेतिर दुर्घटना भएको हो। यस्तै जहाजमा १९ जना सवार रहेको जनाइएकाे छ।

जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। हालसम्म १९ जना यात्रुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी रहेको बताइएको छ। 

प्रतिक्रिया