यी हुन् सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)

काठमाडौँ। काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हाे। उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सकाे जहाजमा सवार १८ जनाको मृत्यु भएको छ। मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन्। 

पाइलट मनिष शाक्यको भने केएमसी अस्पतालकाे आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक डा. विशद दाहालले उनको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उनको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिए।

उनले भने, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार  कक्षमा उपचार भइरहेको छ। थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ।” 

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरुकाे शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। 

सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली

451686667_1185815532606548_1191142348067588011_n
 

प्रतिक्रिया