बाइडेनद्वारा राष्ट्रपतिको दौडबाट बाहिरिएपछि राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन कोरोना महामारीबाट निको भएको ७ दिनपछि बुधबार देशमा उपस्थित भएका छन्। राष्ट्रपति पदको उम्मेदवारी परित्याग गर्दै बाइडेनले ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गरेका थिए। उनले भने, “म नयाँ पुस्तालाई अघि बढाउन पुर्याउन चाहन्छु।” 

ओभल अफिसबाट बाइडेनको यो चौथो सम्बोधन थियो। बुधबारको सम्बोधनका क्रममा बाइडेनकी पत्नी जिल बाइडेन, छोरी एश्ले बाइडेन, छोरा हन्टर बाइडेनलगायत नातिनातिनाहरू पनि त्यहाँ उपस्थित थिए।

बिडेनको परिवारसँगको विभिन्न तस्विरहरू पनि उनको सिट पछाडि राखिएको थियो। आफ्नो ११ मिनेटको भाषणमा बाइडेनले अमेरिकी राजनीतिमा प्रवेश गर्ने र शीर्षमा पुग्ने कुरा गरे। उनको सम्बोधनका क्रममा श्रीमतीसहित सम्पूर्ण परिवार भावुक बनेका थिए। छोरी एश्लेले पनि बिडेनलाई अँगालो हालिन्।

प्रतिक्रिया