ओलम्पिक समाचारः

आईओसी अध्यक्षले दक्षिण कोरियाली राष्ट्रपतिसँग माफी मागे

काठमाडौं । पेरिस ओलम्पिकको उद्घाटन समारोहमा खेलाडीको गलत परिचय दिएकोमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले  माफी मागेको छ ।

उद्घाटन समारोहमा दक्षिण कोरियाका खेलाडीलाई उत्तर कोरियाली खेलाडी भनेर परिचय दिईएकोमा दक्षिण कोरिया क्रुध्द भएपछि आईओसीले माफी मागेको छ ।

Koreaआईओसीका अध्यक्ष थोमस बाचले शनिबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँग टेलिफोन वार्ता गरेका थिए ।  आफ्नो १० मिनेटको कुराकानीमा बाचले आईओसीको ‘अक्षम्य’ गल्तीको लागि आफ्नो ‘इमानदार र हार्दिक माफी’ स्वीकार गर्न प्रस्ताव गरेका थिए भने उनले भविष्यमा यस्तो गल्ती पुनरावृत्ति रोक्नको लागि आईओसीले आवश्यक सबै उपायहरू लिने वाचा समेत गरेका भनेर राष्ट्रपति युनका प्रवक्ता जुंग हाइ–जियोनले सम्वाददाताहरुसँग बताएका छन् ।

यो दुई कोरियाबीचको परिचयको क्रममा भएको त्रुटि थिएन । जबकि उत्तर कोरियाको परिचय दिने समय आयो, उसलाई डेमोक्रेटिक जनवादी गणतन्त्र कोरिया भनेर सही रूपमा चिनाईएको थियो । तर दक्षिण कोरियाको परिचय दिँदा भने उत्तरको चिनारी दिईएको थियो । त्यसपछि दक्षिण कोरियाली खेलाडी, व्यस्थापक मात्र होइन पुरै देश आईओसीसँग क्रुध्द बनेका थिए ।

यसबारेमा चर्को प्रतिक्रिया आईरहेपछि आईओसीका अध्यक्षले दक्षिण कोरियाली राष्ट्रपतिसँग फोन गरेरै माफी मागेका थिए । 

फोन वार्तामा राष्ट्रपतिले, ‘मलाई आशा छ कि बाँकी ओलम्पिक खेलहरू सफलतापूर्वक अगाडी बढ्नेछन् र विश्वभरका सबैका लागि एक साँचो उत्सव बन्ने छ’ भनेर जवाफ आईओसीका अध्यक्ष बाखलाई जवाफ दिएको सचिवालयले जनाएको कोरियन टाईम्सले लेखेको छ ।

त्यसको भोलिपल्ट आईओसीले यस विषयमा विज्ञप्ति नै जारी ग¥यो । ‘समस्यालाई मानवीय त्रुटिको रूपमा पहिचान गरिएको थियो, जसको लागि आईओसी गहिरो माफी चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।  
  
 

प्रतिक्रिया