पेरिस ओलम्पिक: चीनलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

पेरिस। आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काँस्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा छ। चीन, जापान, अस्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन् ।

दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ काँस्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ काँस्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ।

त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ काँस्यसहित ५३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको नेदरल्याण्ड्सले १५ स्वर्ण, सात रजत र १२ काँस्यसहित कुल ३४ पदक जितेको छ भने बेलायतले १४ स्वर्ण, २२ रजत र २९ काँस्यसहित ६५ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ।

आठौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० काँस्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, १३ रजत र १५ काँस्यसहित कुल ४० पदक जित्दै इटाली नवौँ स्थानमा छ। जर्मनी १२ स्वर्ण, १३ रजत र ८ काँस्यसहित कुल ३३ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा छ। (रासस/एएफपी)

प्रतिक्रिया