बंगलादेशमा कृष्णजन्माष्टमी पर्व: सरकारले सबै सुरक्षा प्रवन्ध गर्ने, दुर्गा पूजामा तीन दिन सार्वजनिक विदा

ढाका । बंगलादेशको अन्तरिम सरकारका गृह मामिला सल्लाहकार सेवानिवृत्त ब्रिगेडियर जनरल सखावत हुसेनले आगामी कृष्णजन्माष्टमी पर्वमा हिन्दू समुदायले आयोजना गर्ने सबै कार्यक्रमहरुमा सरकारले आवश्यक सबै सुरक्षा व्यवस्था गर्ने बताएका छन् ।

हुसेनले बंगलादेशमा हिन्दू समुदायको सबैभन्दा ठूलो पर्व दुर्गा पूजाको लागि पनि तीन दिन सार्वजनिक बिदा दिन सल्लाहकार परिषद्लाई सिफारिस गर्ने पनि बताए।
 
भगवान श्रीकृष्णको जन्मोत्सवमा  जन्माष्टमी पर्व यस वर्ष अगस्ट २६ मा मनाइँदैछ । बंगलादेशको डेली स्टार पत्रिकाले आज यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया