ट्रम्पको दावी-‘कमला ह्यारिसको र्‍यालीमा नक्कली भीड’

काठमाडौँ। रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्‍यालीमा ठूलो भीड नभएको दाबी गरेका छन्। र्‍यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्‍यालीलाई सम्बोधन गरेकी थिइन्। यो र्‍याली अघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो। यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि ट्रम्पले यो सबै नक्कली भएको बताए।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, "कमलाले एयरपोर्टमा धोका दिएको कसैले याद गर्यो? उनले समर्थकहरूको ठूलो भीड देखाइन्, तर त्यस्तो भएन। त्यहाँ उनको पर्खाइमा कोही थिएन।"

कमला ह्यारिस र टिम वाल्जको चुनावी टोलीले सोशल मिडियामा ट्रम्पको दावीलाई खण्डन गरेको छ। उनले कमला र वाल्जलाई हेर्न मिशिगनमा करिब १५ हजार मानिस आएको बताए। ट्रम्पको उर्जा घट्दै गएको देखिन्छ। उनले पछिल्लो एक सातादेखि स्विङ स्टेटमा कुनै र्‍याली गरेका छैनन्।

प्रतिक्रिया